प्यूठान उवासंघको आयोजनामा वस्तुगत संघ संस्थासंग संयुक्त वैठक सम्पन्न (२०७३।६।२)
September 18, 2016
प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा प्यूठान स्थित विविन्न व्यवसायका वस्तुगत संघ संस्थाको सहभागितामा संघका अध्यक्ष ज्ञामुराम न्यौपाने को अध्यक्षतामा संयुक्त वैठक वस्यो ।
वैठकममा सहभागिहरुः
अध्यक्षताः संघका अध्यक्ष ज्ञामुराम न्यौपाने
संघका पूर्व अध्यक्ष ज्यू एवं संरक्षकज्यूहरु , संघका सल्लाहकार , वस्तुगत समन्वय समितिका संयोजक रमेश पौडेल , होटल,निर्माण,हार्डवयर, सिलाई ,तरकारी तथा फलफुल सुनचाँदी व्यवसायि, स्वर्गद्धारी यातायत, पोल्टी व्यवसायि, ग्याँस , डिलर व्यवसायि संघ,पुस्तक व्यवसायि महासंघ,काष्ठ तथा फर्निचर व्यवासायि संघ,घरेलु महासंघ लगायतका वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीको उपस्थिती रहेको थियो ।
छलफलका विषय वस्तुः
वस्तुगत संघ संस्थाका समस्या र समाधानका उपायहरुको खोजि, वस्तुगत संघका दर्ता सम्वन्धमा , उ.वा संघको भूमिका, वस्तुगत संघहरु वीच अन्तर सम्वन्धको स्थापना, दोहोरो सदस्यता सहभागिता मुलक तरिकाले छलफल भयो ।
सहभागिहरुवाट आएका थप जिज्ञासा र समाधानका विषयमा संघका अध्यक्ष, निवर्तमान अध्या , पूर्व अध्यक्ष , सल्लाहकार, वस्तुगत समन्वय समिति संयोजकवाट जिज्ञासाहरुको संवोधन गरियो ।
निष्कर्षः
वस्तुगत संघ सस्थाको समस्याको निराकरणका लागि उठेका विविध समस्याको विषयमा आवश्यक छलफल र अध्ययन संघको कार्यसमितिमा प्रतिवेदन पेश गर्ने गरी संघका अध्यक्ष ज्ञामुराम न्यौपानेको संयोजकत्वमा संघका निवर्तमान अध्यक्ष राधवराज भण्डारी, वस्तुगत समन्वय समति संयोजक रमेश पौडेल , वस्तुगत प्रतिनिधि पशुपतिनारायण नकर्मी सहित आज उपस्थित सम्पूर्ण वस्तुगत संघका अध्यक्षहरु रहने गरी एक समितिको निर्माण गरी वैठक सम्पन्न गरीयो ।
झबेन्द्र शर्मा
कार्यकारी निर्देशक
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry