प्यूठान उद्योग वाणिज्य संघ को आयोजनामा वजार अनुगमन तथा व्यवसायिक समस्या विषयक अन्तरक्रि कार्यक्रम संघको सभाहलमा सम्पन्न
August 10, 2016

कार्यक्रम संघका अध्यक्ष ज्ञामुराम न्यौपाने ज्यूको अध्यक्षता , सहायक प्रमुख जिल्ला अधिकारी भुप वहादुर पुनको प्रमुख आतिथ्यतामा तथा प्यूठान नगरपालिकाका कार्यकारी अधिकृत नेव वहादुर वली , प्रहरी निरीक्षक नृप वोहरा , घरेलु कार्यालयका प्रमुख सुनिल शर्मा, लगायत विभिन्न वस्तुगत समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, संघ अन्र्तगतका बजार इलाकाका प्रतिनिधिहरु ल्गायत ६० जनाको उपस्थिति रहको थियो ।
कार्यक्रमा अवैध रुपमा दर्ता नगरीकन गैर कानुनी रुपमा प्यूठान जिल्लामा पोके र रिटेलिगं व्यवसायिहरुको व्यापक रहेकोले यस्तो कार्यलाई निरुसाहित गर्न र कार्वाही प्रक्रिया अगाडी वढाउन व्यवसायिले अनुरोध गरेका छन् ।
व्यवसाय विशिष्टीकरण रुपमा चालाउने, जे व्यवसायको लागि दर्ता भएको त्यही कारोवार गर्नुपर्ने व्यवसायिको माग रहेको थियो ।
बजार अनुगमनको क्रममा केही गैर कानुनी रुपमा काम गरेको भेटिएमा कार्वाहीको दाहेरामा ल्याईने सहायक प्रमुख जिल्ला अधिकारी भुप वहादुर पुनले जानकारी दिनुभयो ।
कानुन अनुसार नगरपालिका भित्रका व्यवसायिलाई कर उठाईएको कार्यकारी अधिकृत नेव वहादुर वलीले जानकारी दिनु भयो । साथै उहाँले यहि भाद्र मसान्त सम्म व्यवसायिक फर्म नविकरणको लागि जरीवाना नलाग्ने जानकारी दिनु भयो ।
घरेलु कार्यालय प्रमुख शुनिल शर्माले घरेलु कार्यालयमा व्यवसाय दर्ता लगायतका विषयमा जानकारी दिनु भयो ।
संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष ज्ञामुराम न्यौपानेले व्यवसायिले कानुनी रुपमा व्यवसायि गर्दा सहज वातावरण सिर्जना गर्न प्रशासनलाई अनुरोध गर्नु भयो साथै गैर कानुनी रुपमा पोके र रिटेलिगं व्यवसायिलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने, लगायतका विषयमा जानकारी दिनु भयो । साथै नगरपालिका र उ.वा संघ मिलेर विभिन्न सार्वजनिक निजी साझेदारी कार्यक्रमहरु संचालन गर्ने कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्षले गर्नु भएको थियो भने संचालन उप महासचिव टिका वहादुर जि.सी ले गर्नु भएको थियो ।
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry