प्रेस–विज्ञप्ती
July 31, 2016
विषय ः प्रेस–विज्ञप्ती प्यूठान जिल्लाको विभिन्न ठाउँमा परेको अविरल बर्षा संगै मिति २०७३ श्रावणमा आएको वाढी तथा पहिरोको कारण जिल्लाका धेरै ठाउँमा जन धनको धेरै क्षेति भएको छ । फोप्ली , लुङ्ग, खवाङ्ग, रजवारा, खुङ्ग, अर्खा, पुजा , लिवाङ्ग, ओखरकोट, जुम्रीवजार, विजयनगर, विजुवार, वाग्दुला लगाएतका विभिन्न ठाउमा गरी ४७ जनाको मृत्यु , १ जना अझै वेपत्ता, करीव १२९ घर पूर्णरुपमा, २९८ आशिंक क्षेति र ४९ घर जोखिममा रहेका छन । विभिन्न नदि तथा खोलामा आएको वाढीले अत्यन्तै धेरै खेतियोग्य भुमि कटान तथा वाटो अवरुद्ध हुदा यातायातका साधनहरु संचालन हुन नसक्दा उद्योगि व्यवसायिहरुलाई ठुलो मर्का सरेको छ । यस्तो अवस्थामा संघलाई अत्यन्तै स्तब्ध तुल्याएको छ । यस दुखद घडिमा मृतक प्रति भावपुर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ । साथै घाईतेहरुको शिघ्र श्वास्थ्य लाभको कामना गर्दछौ ।
यस प्रकोपको घडिमा नेपाल उद्योग वाणिज्य महासंघको छाता संगठनमा आवद्ध सम्पूर्ण जिल्ला,नगर उद्योग वाणिज्य संघहरु र उद्योगि व्यवसायी , सुरक्षा निकाय, राष्ट्र सेवक कर्मचारी, सामाजिक संघ संस्थाहरुलाई आ–आफ्नो क्षेत्रवाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्न राहत तथा उद्धार कार्यमा हार्दिक अपिल गर्दछौ ।
साथै तत्काल राहत तथा पुन स्थापनाको ब्यवस्था गर्ने सरकार संग जोडदार माग गर्दछ ।
........................
(ज्ञामुराम न्यौपाने)
अध्यक्ष
प्यूठान उद्योग वाणिज्य संघ
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry