असर १९ प्यूठान उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति , र प्यूठान नगरपालिकाको सहकार्यमा प्यूठान जिल्लाका १० ओटै वजार इलाकाका उद्योगि व्यवसायिहरु, उपभोक्ता समिति , विभिन्न संघ संस्थाहरुको सहभागितामा दुई दिने करदाता शिक्षा तालिम सम्पन्न भएको छ उक्त कार्यक्रमा रमेश के.सी र लालित बहादुर घर्तिले तालिम दिनुभएको थियो । तालिममा प्यान , भ्याट तथा मिसम्याच तथा अन्डर विलिङ्ग , भ्याटको विवरण बुझाउने तरीका जस्ता विषमा आधारीत भई तालिम संचालन भएको थियो । सार्वजनिक निजी साझेदारी कार्यत्रलम अन्र्तरगत जिल्ला विकास समिति वाट रु १,२८,८००।— सहयोग र प्यूठान नगरपालीकाको सहकार्यमा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर वली को प्रमुख अथित्यतामा भएको कार्यक्रमको संचालन प्यूठान उद्योग वाणिज्य संघका व्यवसायिक सल्लाहकार प्रकाश खनालले गर्नु भएको थियो । प्यूठान जिल्लाका उद्योगि व्यवसायिहरुले कर तथा भ्याट सम्वन्धि जानकारी गराउने उद्देश्यले भएको कार्यक्रममा प्यूठान जिल्लाका उद्योगि व्यवसिहरुले लाभ लिएको आगामि दिनहरुमा पनि यस्ता कर तथा भ्याट सम्वन्धि तालिमरु संचालन गरी प्यान , भ्याट तथा मिसम्याच तथा अन्डर विलिङ्ग , भ्याटको विवरण बुझाउने जस्ता विषयहरुको जानकारी सवै व्यवसायिहरुलाई दिइने संघका वरिष्ट उपाध्क्ष केदारमा कक्षपतिले बताउनु भयो । उक्र कार्यक्रममा व्यवसायिहरु, उपभोक्ता समिति , विभिन्न संघ संस्थाहरुको सहभागितामा रहेको थियो ।