प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत वर्ष विविध कार्यक्रमका विच सम्पन्न .
June 30, 2016
प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत वर्ष विविध कार्यक्रमका विच सम्पन्न ।प्यूठान, असार १५ प्यूठान उद्योग वाणिज्य संघको २६ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा संघको सचिवालयमा ज्ञामुराम न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले गर्नु भएको थियो । विशिष्ट अतिथि माननीय जिल्लान्याधिस श्री वासु देव न्यौपाने र
विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्री जनकराज पन्त ज्यू आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्र रजत बर्षको अवसरमा ब्लड् बैंक संचालनको लागि प्रत्यक व्यवसायि वाट २५ रुपैयाँको दरले रकम उठाई एक मुस्ट रु ३०,००० नेपाल रेड्क्रस सोसाईटी लाई वितरण तथा विजुवार अस्पतालमा रक्तन गरी विरामिलाई फल फूल वितरण गरेको छ । प्यूठान उद्योग वाणिज्य संघ २०४८ असार १५ गते प्यूठान व्यापार संघको नामवाट स्थापना भई प्यूठानी व्यापारीहरुको हकहितको लागि स्थापना भएको संस्था हो । उक्त संस्था जुन स्थानमा पुगेको छ सो स्थानमा पु¥याउनु हुने पूर्व अध्यक्ष तथा अग्रजहरुलाई सप्मान व्यक्त गर्दै संघई थप व्यवस्थित र सशक्त रुपमा अगाडी वढाउने संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले वताउनु भयो । प्यूठान जिल्लामा पनि ठुला उद्योग खोली रोजगारी सृजना गर्ने आग्रह गरेका छन । व्यवसायिहरुको हक हितको लागि यस वर्षको वजेटले सम्वोधन गरेको र थ्रेसहोल्ड बढाएर ५० लाख पुगेको छ । कर बुझाउने र प्यान लिने व्यवसायलार्ई थप सहज वनाउनको लागि महासंघले विशेष पहल गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले जानकारी दिनुभएको थियो भने कार्यक्रम संचालन संघका उपमहासचिव टिका बहादुर जि.सि ले गर्नु भएको थियो ।
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry