नवआगन्तुक प्र.जि. अ. श्री जनकराज पन्त ज्यूको स्वागत
June 03, 2016

अध्यक्षता ः संघका अध्यक्ष ज्ञामुराम न्यौपाने ज्यू, स्वागत कार्यक्रममा आमन्त्रित नवआगन्तुक प्र.जि.अ श्री जनकराज पन्त ज्युं संघका निवर्तमान अध्यक्ष श्री माधवराज भण्डारीज्यू संघका संरक्षक तथा पूर्व अध्यक्ष श्री इमान सिंह भारती ज्यु संघका वरिष्ठ उपाध्यक्ष श्री केदामान कक्षपति ज्यू संघका कोषाध्यक्ष श्री रामचन्द्र पौडेल ज्यू होटल व्यवसायि संघ प्यूठानका अध्यक्ष श्री चन्द्रलाल न्यौपाने होटल व्यवसायि संघ प्यूठानका नि.अध्यक्ष श्री दधिराम भण्डारी
स्व परिचय कार्यक्रम
स्वागत सहित संघका गतिविधिवारे जानकारी संघका अध्यक्ष ज्ञामुराम न्यौपने
टिका अविर तथा फुल मालावाट स्वागत
शुभकामना मन्तव्य ः
होटल व्यवसायि संघ प्यूठानका अध्यक्ष श्री चन्द्रलाल न्यौपाने
पूर्व अध्यक्ष वाट शुभकामना
प्रमुख जिल्ला अधिकारीवाट शुभकामना
धन्यवाद सहित कार्यक्रमको समापन संघका वरिष्ठ उपाध्यक्ष केदारमान कक्षपति
समाचार
प्यूठान उद्योग वाणिज्य संघ र होटल व्यवसायि संघ प्युठानको आयोजनामा प्यूठान जिल्लामा पाल्नु भएका नव नवआगन्तुक प्र.जि. अ. श्री जनकराज पन्त ज्यूको स्वागतमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रम आज जेठ २१ गते संघको सचिवालयमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष एवं कार्यक्रममाका अध्यक्ष श्री ज्ञामुराम न्यौपाने ज्यूले स्वगत सहित संघका गतिविधिवारे जानकारी गराउनु भएको थियो । अध्यक्षले दागं जि वि सको ठेकेदारले भालुवागंमा अनाधिकृत कर असुल गरेको सन्दर्भमा र प्यूठानमा पेटोलियम पदार्थको सहज आपुर्ति नभएको जानकारी गराउनु भयो , साथै प्रमुख जिल्ला अधिकारीलाई प्यूठानको वसाई र कार्यकाल सफलताको कामना व्यक्त गर्नु भयो ।
संघ र प्रशासनको सम्वन्ध सुमधुर कायम रहने र सहकार्यक्रमा काम हुने विषयमा वक्ताहरुले जानकारी गराउनु भयो ।
होटल व्यवसायि संघका अध्यक्ष चन्द्रलाल न्यौपने , संघका पूर्व अध्यक्ष एवं संरक्षक इमान सिंह भारती, लगायतले मन्तव्य व्यक्त गर्नू भएको थियो ।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारीले संघले गरेको न्यानो आतिथ्यताको लागि धन्यवाद व्यक्त गर्नु भयो । उहाले प्रसाशन आफैमा सक्षम हुँदैन सवैको सहयोग चाहिन्छ भन्नु भयो ।
उद्योगी व्ययवसयिको शान्ती सुरक्षा र विकास निर्माणमा आफुले जोड गर्ने वताउनु भयो ।
व्यवसायि शुद्ध व्यवसायि वन्नु पर्ने वताउनु भायो ।
कार्यक्रम संचालन कार्यकारी निर्देशक झबेन्द्र शर्मा
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry