प्रेश वक्तब्य
May 30, 2016
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान घोषणा भई लागु भए पछिको (आ.व.०७३।०७४को लागि) नेपाल सरकारका माननीय अर्थमन्त्री श्री विष्णु पौडेल ज्यू वाट १० खर्व ४८ अर्वको सकारात्मक र विकासमुखि वजेट जेठ १५ गते गणतन्त्र दिवसको महत्वपूर्ण अवसरमा आउँदा हामि प्यूठानी उद्योगी व्यवसायि उत्साहित भएका छौं । भूकम्प पछिको पुर्ननिर्माण,पुर्नस्थापना,नवनिर्माण,जलविद्युतको उत्पादन,प्रसारण लाईन विस्तार र वितरण, सडक,सिंचाई,कृषि,उद्योग पर्यटन,वन, सहरी र स्थानीय पूर्वाधार,शिक्षा, स्वस्थ्य, खानेपानि,सरसफाई,सामजिक सुरक्षा,सेवा प्रवाह,भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार लगायतका विषयहरु बजेटको प्राथमिकतामा परेका छन् यी सवै सकारात्मक नै छन् ।
५० लाख सम्मको थ्रेसहोल्डमा वुझाउनु पर्ने कर ५० प्रतिशत न्यून गरिएको, १ करोड सम्म कारोवार गर्ने साना उद्यमीले लेखापरिक्षण गर्नु नपर्ने व्यवस्था, आयकर छुट सिमा ३ लाख ५० हजारवाट वढाएर ४ लाख, प्यूठानको नौमुरे जलविद्युत आयोजना कार्यान्वयन गर्ने, कर्मचारीहरुको तलब वृद्धि, समाजिक सुरक्षा भत्तामा वृद्धि देविस्थान घोराही सडकलाई स्तरीकरण गर्ने लगायतका अधिकांश विषयहरु सकारात्मक छन् ।
भ्याटको थ्रेसहोल्डलाई निसर्त १ करोड वनाउनु पर्ने माग सम्वोधन नहुनु ,प्यूठानमा हवाई मैदानको लागि बजेट विनीयोजन नहुनु, नीजि क्षेत्रले उठाएका महत्वपूर्ण माग सम्वोधन नहुनु, प्यूठानका पर्यटकीय क्षेत्रहरुको लागि प्रर्याप्त बजेट विनियोजन नहुनु लगायतका विषयहरुमा सम्बोधन हुन सकेको छैन ।
अन्तमा बजेट जतिसुकै सकारात्मक भएता पनि त्यसको सफल कार्यान्वयन विना महत्व हिन हुन जाने भएकोले समयमै सफल बजेट कार्यान्वयन हुने कुरामा आसावादि रहेको जानकारी गराउँछौ ।
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry