व्यवसायीहरुले ‘व्लड बैंक’ मा सहयोग गर्ने

प्यूठान उद्योग वाणिज्य संघको हालै सदरमुकाम खलंगास्थित सचिवालयमा सम्पन्न छैठौ वैठकले यस्तो निर्णय गरेको हो । संघमा हाल करिव २ हजार व्यवसायीहरु आवद्ध रहेको कार्यकारी निर्देशक झवेन्द्र शर्माले जानकारी दिए ।
‘जेठ २५ देखि इलाका स्तरबाट सदस्यहरुको नविकरण शुरु हुन्छ’,उनले भने,‘करिव ५० हजार रुपैयाँ सहयोग जुट्ने आशा गरेका छौँ ।’ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानले जिल्ला अस्पतालमा व्लड बैंक संचालन गरेको छ ।
यस्तै, आउँदो असार १५ गते संघको २५ औँ वार्षिक उत्सवको अवसरमा रजत जयन्ती कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको छ । दिवसकै अवसर पारेर रक्तदान, संघमा रजत स्मारक स्थापना र संघको गतिविधि समेटिएको स्मारिका प्रकाशन गर्ने तयारी भईरहेको कार्यकारी निर्देशक शर्माले बताए ।
संघले निर्माण गरेको त्रिवर्षिय रणनैतिक योजना कार्यसमितिबाट पारित भएको संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी गराए । सदरमुकाम खलंगामा बद्यशाला र पशु हाटवजार संचालनार्थ अध्ययन गर्नका लागि कार्यसमिति सदस्य दुर्गा प्रसाद श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
बैठकले वस्तुगत सदस्यहरुको यही जेठ २८ गते भेला गर्ने समेत निर्णय गरेको न्यौपानेले बताए । यस्तै, पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धरमपानी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि पहल थाल्न निवर्तमान अध्यक्ष माधवराज भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको संघको सचिवालयले जनाएको छ ।
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry