किसानका लागि वित्तिय साक्षरता तालिम सम्पन्न
May 08, 2016
१० जेठ, काठमाडौं । सरकारले पाँच दिनपछि अर्थात् आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । यतिबेला अर्थ मन्त्रालय प्रसव बेदनामा रहेकी गर्भवती जस्तो अवस्थामा छ ।बितेका वर्षहरुमा सरकारले असारको अन्तिम दिन बजेट ल्याउने भए पनि नयाँ संविधानले यो वर्ष नयाँ जेठ १५ मै ल्याउनुपर्ने व्यवस्था गरेको छ । एक महिनाअघि देखि नै अर्थ मन्त्रालय ढोका थुनेर बजेट निर्माणमा जुटेको थियो ।
अहिले बजेट निर्माणको ९५ प्रतिशत काम सकिएको अर्थ मन्त्रालय र योजना आयोगका अधिकारीहरु बताउँछन् । नियमित बजेटको कायक्रमहरु तयार भइसकेको तर अर्थमन्त्री र प्रधानमन्त्रीका राजनीतिक कार्यक्रम र करको विषय तय हुन बाँकी रहेको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
‘मन्त्रालयहरुसँग छलफल सकिइसकेको छ, कुुन(कुन परियोजनाहरुलाई कति बजेट भनेर विनियोजन भइसकेको छ,’ स्रोतले भन्यो( ‘करको दर भने बजेट आउने अघिल्लो दिन रातीमात्रै उल्लेख गरिने छ । यद्यपि करमा के गर्ने भन्ने विषयमा एक किसिमको छलफल चाहीँ भइसकेको छ ।’
बजेटको वास्तविक जन्म भनेको अन्तिम २४ घन्टामा हुने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। शंकर शर्मा बताउँछन् । ‘नियमित कार्यक्रमको बजेट विनियोजन भइसकेको छ तर राजनीतिक नेतृत्वबाट आउने कार्यक्रम र करका दर तथा दायरा बजेटका मुख्य तत्व हुन् त्यो चाहीँ अन्तिम २४ घन्टामा आउने हो,’ शर्माले भने ।
पूर्वअर्थमन्त्री शंकर कोइरालाका अनुसार यतिञ्जेलमा राष्ट्रिय महत्वका र खुद्रा योजनाको बजेट विनियोेजन भइसक्छ । करोड भन्दा तलका आयोजनाहरु १५ दिनअघि नै छनोट भइसक्ने उनले बताए ।
मन्त्री, पूर्वमन्त्री र सांसदहरु हचुवाको भरमा कार्यक्रम राख्न दौडधूप गर्ने प्रवृत्ति मौलाएको उनी बताउँछन् ।
‘सिंहदरबार र अर्थमन्त्रीकहाँ धाउने प्रवृत्ति बढेको हो । आगामी दिनमा सिंहदरबार होइन गाउँ र जिबिसतिर धाउने प्रकृतिको विकास गर्नुपर्छ,’ कोइरालाले भने ।
© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry