कृषिको लागि अन्तर्राष्ट्यि विकास कोष इकाइको सहयोगमा नेपाल सरकार कृषि विकास मन्त्रालयद्धारा संचालित किसानका लागि उन्नत विउ विजन कार्यक्रम प्यूठान जिल्लामा विगत ३ बर्ष देखि संचालनमा छ । कृषक हरुका आयस्तरमा बृद्धि साथै अैपचारीक विउविजन क्षेत्रको विकासमा काम गर्दै आएको प्ग्द्यप् ले तिन दिने वित्तिय साक्षरता तालिमको कार्यक्रम आयोजना सम्पन्न भयो । अनुदान ग्राही सदस्यहरुको लागि संचालित तालिममा ४५ जना सदस्यहरुको सहभागिता रहेको थियो । उक्त तालिममा जिल्लाको समग्र विकासको लागि सर्वप्रर्थम किसानको स्तर उन्नति आवश्यक रहेको कुरा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले वताउनु भयो । तालिकमा प्रशिक्षणको रुपमा रहनु भएका सुरेश चन्द्र ढकाल र सुर्दशन गोदारले तालिममा सिकेका कुराहरुवाट समुहमा परिर्वतन गर्न सकिने र थप आर्थिक विकास हुने वताउनु भयो । यक्त तालिममा सहभागि हुनुभएका जिल्ला कृषि विकास सल्लाहकार कृष्ण वहादुर थापाले प्यूठान जिल्लाका सवै इलाका तथा गा.वि.स मा सूचना तथा परामर्श वाट कृषकहरुलाई थप उर्जा दिने प्रतिबद्यता जनाउनु भएको प्यूठान उद्योग वाणिज्य संघका व्यवसायिक सल्लाहकार प्रकाश खनालले जानकारी दिनुभयो ।